हिमालय माविका पूर्व प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर !
झापा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले झापास्थित हिमालय माध्यमिक विद्यालय का तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दया सागर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार विद्यालयको भवन निर्माण कार्यमा अनियमितता गर्दै मूल्याङ्कनभन्दा बढी रकम भुक्तानी गरिएको, नक्कली बिल भरपाई तयार पारिएको तथा नगद रकम हिनामिना गरी व्यक्तिगत प्रयोजनमा प्रयोग गरिएको आरोप लागेको छ।
छानबिनबाट उनीहरूले रु. ९३,८३,३०९.७२ (त्रियानब्बे लाख त्रियासी हजार तीन सय नौ रुपैयाँ बहत्तर पैसा) बराबरको रकम हिनामिना गरेको ठहर आयोगले गरेको छ। सोही आधारमा उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको जनाइएको छ।
आयोगले सार्वजनिक सम्पत्तिको दुरुपयोग, कागजात किर्ते तथा आर्थिक अनियमितता जस्ता कसुरमा कडा कारबाहीको माग गर्दै मुद्दा अगाडि बढाएको हो।
यस घटनाले शिक्षण संस्थामा सुशासन, पारदर्शिता र जवाफदेहिताको आवश्यकतालाई पुनः उजागर गरेको छ।