लालीगुराँस स्पोर्ट्स एण्ड कल्चर क्लबद्वारा ‘किड्स समर सॉकर क्याम्प २०२६’ घोषणा
क्यानडामा सक्रिय नेपाली समुदायको संस्था लालीगुराँस स्पोर्ट्स एण्ड कल्चर क्लब ले “Kids Summer Soccer Camp 2026” का लागि दर्ता प्रक्रिया औपचारिक रूपमा खुला गरेको छ। क्लबका अनुसार यस वर्षको समर क्याम्पमा सीमित १५० जना बालबालिकाका लागि मात्र सिट उपलब्ध रहनेछ।
क्याम्पमा सहभागी हुन इच्छुक अभिभावक तथा बालबालिकाले मे १५, २०२६ भित्र दर्ता गरिसक्नुपर्नेछ। क्याम्प आगामी जुन २८ देखि अगस्ट ३०, २०२६ सम्म प्रत्येक आइतबार बिहान ८:०० बजे देखि ९:३० बजेसम्म सञ्चालन हुनेछ।
यस कार्यक्रमको मुख्य उद्देश्य बालबालिकामा फुटबलप्रति रुचि बढाउनुका साथै शारीरिक तन्दुरुस्ती, अनुशासन र टिमवर्कको विकास गर्नु रहेको आयोजकले जनाएको छ। अनुभवी प्रशिक्षकहरूको मार्गदर्शनमा सञ्चालन हुने क्याम्पले बालबालिकालाई खेलमार्फत सिकाइ र मनोरञ्जन दुवै प्रदान गर्ने अपेक्षा गरिएको छ।