शुक्रबार, मई १, २०२६
लगइन | दर्ता गर्नुहोस् | English | नेपाली |
ब्रेकिंग
Pragya Award-2082 Announcement.

प्रज्ञा पुरस्कार-२०८२ घोषणा ।

Admin
अप्रिल २६, २०२६
८ पटक हेरिएको

काठमाडौँ ,कमलादी।२०८३ वैशाख १०, गते ,बिहीवार।नेपाल प्रज्ञा-प्रतिष्ठानले हरेक वर्ष भाषा,साहित्य ,संस्कृति ,दर्शनशास्त्र  र 
सामाजिकशास्त्र विधाका विभिन्न प्रज्ञा पुरस्कारहरू-२०८२  घोषणा गरेको छ।साथै,यसपटकदेखि  प्रज्ञा प्रादेशिक पुरस्कार समेत प्रारम्भ गरेको छ।
       नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीद्वारा जारी विज्ञप्तिअनुसार जनही १,०००००। (एक लाख )राशि रहेको  प्रज्ञा पुरस्कार १२ जनालाई दिइने भएको छ ।जसमा समालोचनातर्फ  प्रा.डा.अभि सुवेदी,भाषातर्फ प्रा.मुकुन्दशरण उपाध्याय, सामाजिकशास्त्रतर्फ डा. डम्बर चेम्जोङ,पद्य साहित्यतर्फ शैलेन्द्र साकार ,संस्कृतितर्फ प्रा.डा. सोमप्रसाद खतिवडा बालसाहित्यतर्फ सुशीला प्रधानाङ्ग,गद्य साहित्यतर्फ आहुति,दर्शनतर्फ ईश्वरचन्द्र ज्ञवाली,अनुवादतर्फ 
डा.सर्वोत्तम श्रेष्ठ,अन्तर्देशीयतर्फ नरेश काङमाङ राई (बेलायत),मातृभाषा (हिमाली पहाडी) तर्फ बुद्ध योञ्जन र मातृभाषा (मधेश तराई)तर्फ अमरेन्द्रकुमार यादवलाई प्रज्ञा पुरस्कार-२०८२  प्रदान गरिने भएको छ। यसैगरी जनही रु ५०,००० (पचास हजार) राशि  रहेको प्रज्ञा प्रादेशिक पुरस्कार नेपाल प्रज्ञा-प्रतिष्ठानले पहिलोपटक ७ जनालाई दिने भएको छ ।जसमा कोसी/१ नम्बरतर्फ मलिसा याक्थुम्बा लिम्बु (महेन्द्रकुमार नेम्बाङ),मधेस प्रदेशतर्फ मुना चौधरी,बागमती प्रदेशतर्फ शान्ति प्रिय बन्दना,गण्डकी प्रदेशतर्फ अनिल श्रेष्ठ,लुम्बिनी प्रदेशतर्फ क्षितिज मगर,कर्णाली प्रदेशतर्फ रमानन्द आचार्य, सुदूरपश्चिम प्रदेशतर्फ कर्ण दयाल 'सोडारीलाई प्राज्ञ प्रादेशिक पुरस्कार प्रदान गरिने भएको छ।
    उक्त  प्रज्ञा पुरस्कारहरू २०८३ साल वैशाख १७ गते बिहीवार नेपाल प्रज्ञा-प्रतिष्ठानको सिद्धिचरण सभाकक्ष, कमलादी, काठमाडौँमा  कार्यक्रम आयोजना गरी प्रदान  गरिने भएको छ।

फोटो ग्यालरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरू

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

लगइन गर्नुहोस्

यो समाचार सेयर गर्नुहोस्

shaikshik radio