शुक्रबार, मई १, २०२६
लगइन | दर्ता गर्नुहोस् | English | नेपाली |
ब्रेकिंग
Annual examination of class 12 has started.

कक्षा १२ को वार्षिक परीक्षा शुरु ।

Admin
अप्रिल २७, २०२६
७ पटक हेरिएको

आजदेखि कक्षा १२ को वार्षिक परीक्षा शुरु भएको छ । बिहान ८ बजेदेखि परीक्षा शुरु भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार परीक्षामा कुल ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी छन् ।

नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ र आंशिकतर्फ ८५ हजार ८ सय ३० जना विद्यार्थी सहभागी छन् । २०७९ यताका विद्यार्थी आंशिक परीक्षामा समेटिएका छन् भने जापानको एभरेस्ट स्कुलबाट समेत ३६ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । यस वर्ष परीक्षार्थी संख्या घटेसँगै परीक्षा केन्द्रको संख्या पनि घटाइएको छ ।

देशभर १ हजार ४ सय २१ वटा परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ । गएको वर्ष ५ लाख ११ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षामा मोबाइल फोन, स्मार्ट घडी लगायतका विद्युतीय उपकरण लैजान निषेध गरिएको छ । परीक्षा २७ गतेसम्म सञ्चालन हुनेछ । परीक्षाको नतिजा डेढ महिनाभित्र सार्वजनिक गर्ने बोर्डको तयारी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरू

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

लगइन गर्नुहोस्

यो समाचार सेयर गर्नुहोस्

shaikshik radio