शुक्रबार, मई १, २०२६
लगइन | दर्ता गर्नुहोस् | English | नेपाली |
ब्रेकिंग
Essay contest announcement for students across Canada!

क्यानडाभरका विद्यार्थीहरूका लागि निबन्ध प्रतियोगिता घोषणा !

Sulav Baral
अप्रिल २४, २०२६
२२ पटक हेरिएको


क्यानडा— नेपाली क्यानेडियन कम्युनिटी सर्भिसेस (NCCS) ले राष्ट्रिय स्तरको “६औँ वार्षिक क्यानडा–व्यापी निबन्ध प्रतियोगिता” मा सहभागिता जनाउन विद्यार्थीहरूलाई आह्वान गरेको छ। उक्त प्रतियोगिता NCSC नेपाली पाठशालाद्वारा आयोजना गरिँदै आएको वार्षिक शैक्षिक पहल हो, जसलाई यस वर्ष पनि NCCS ले समर्थन जनाएको छ।

कक्षा ३ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूले प्रतियोगितामा भाग लिन सक्नेछन्। आयोजकका अनुसार प्रतियोगिताले नेपाली भाषा, साहित्य र सांस्कृतिक चेतनालाई प्रवर्द्धन गर्दै विद्यार्थीहरूको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्य राखेको छ।

निबन्ध प्रतियोगितामा प्रत्येक तहमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिनेछ। इच्छुक विद्यार्थीहरूले तोकिएको विषयवस्तुमा आधारित निबन्ध तयार गरी आउँदो अप्रिल ३०, २०२६ भित्र पेश गर्नुपर्नेछ।

आयोजक संस्थाले सम्पूर्ण अभिभावक तथा समुदायलाई आफ्ना बालबालिकालाई सहभागिताका लागि प्रोत्साहित गर्न आग्रह गरेको छ। प्रतियोगितालाई नेपाली समुदायका प्रतिभाशाली युवा पुस्ताको पहिचान र प्रोत्साहन गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

थप जानकारीका लागि सम्बन्धित फ्लायरमा उल्लेखित विषय तथा सम्पर्क विवरण हेर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरू

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

लगइन गर्नुहोस्

यो समाचार सेयर गर्नुहोस्

shaikshik radio