शुक्रबार, मई १, २०२६
लगइन | दर्ता गर्नुहोस् | English | नेपाली |
ब्रेकिंग
Death of a Nepali youth in Sydney without a home, questions about the social security system!

सिड्नीमा नेपाली युवाको घरविहीन अवस्थामै मृत्यु, सामाजिक सुरक्षा प्रणालीमाथि प्रश्न !

Admin
अप्रिल २२, २०२६
१२ पटक हेरिएको


काठमाडौँ — अस्ट्रेलियाको सिड्नीमा एक नेपाली युवाको घरविहीन अवस्थामै मृत्यु भएको घटनाले त्यहाँको सामाजिक सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ।
मकवानपुरका ३२ वर्षीय विक्रम लामा कम्प्युटर साइन्स अध्ययनका लागि अस्ट्रेलिया पुगेका थिए। तर भिसा स्थिति गुमेपछि उनी सडकमा बस्न बाध्य भएका थिए। उनी सिड्नीको सेन्ट जेम्स सुरुङ क्षेत्रमा लामो समयदेखि आश्रय लिँदै आएका थिए।
स्थानीय सञ्चारमाध्यमका अनुसार उनको शव गत डिसेम्बर ७ मा फेला परेको थियो। तर, त्यसअघि करिब एक सातासम्म उनको मृत शरीर व्यस्त सुरुङ क्षेत्रमा नै बेवारिसे अवस्थामा रहँदा पनि कसैले ध्यान नदिएको तथ्य सार्वजनिक भएको छ। दैनिक हजारौँ मानिसहरू आवतजावत गर्ने उक्त क्षेत्रमा यस्तो अवस्था देखिनुले मानवीय संवेदनशीलतामाथि समेत प्रश्न उठाएको छ।
घरविहीन स्वास्थ्य सेवामा संलग्न अधिकारीहरूले उनलाई ‘प्रणालीको कमजोरीका कारण ओझेलमा परेको व्यक्ति’का रूपमा चित्रण गरेका छन्। लामाको परिवारसँग वर्षौँदेखि सम्पर्क टुटेको बताइएको छ। शव पहिचानका लागि डीएनए परीक्षणमार्फत नेपालस्थित परिवारसँग नमुना मागिएको थियो।
अस्ट्रेलियामा पछिल्लो समय घरविहीनहरूको संख्या बढ्दो क्रममा रहेको विभिन्न तथ्याङ्कले देखाएको छ। विशेष गरी भिसा गुमाएका वा स्थायी बसोबास नपाएका आप्रवासीहरू आधारभूत सेवा, स्वास्थ्य सुविधा र आवासबाट वञ्चित हुने समस्या झन् जटिल बन्दै गएको छ।
विक्रम लामाको मृत्यु केवल व्यक्तिगत त्रासदी मात्र नभई अस्ट्रेलियाको सामाजिक सुरक्षा प्रणालीमा रहेको कमजोरीलाई उजागर गर्ने घटनाका रूपमा विश्लेषण गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरू

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

लगइन गर्नुहोस्

यो समाचार सेयर गर्नुहोस्

shaikshik radio