शुक्रबार, मई १, २०२६
लगइन | दर्ता गर्नुहोस् | English | नेपाली |
ब्रेकिंग
Billions of losses to the state when professors who went on study leave do not return, the process of action is proceeding!

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा राज्यलाई अर्बौँ क्षति, कारबाही प्रक्रिया अघि बढ्दै !

Sulav Baral
अप्रिल २३, २०२६
१४ पटक हेरिएको


काठमाडौं । अध्ययन बिदामा विदेश गएका प्राध्यापकहरू मध्ये ठूलो संख्या स्वदेश नफर्किएको र कतिपयले अध्ययनसमेत पूरा नगरेको तथ्य सार्वजनिक भएपछि सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिएको छ। पछिल्लो विवरणअनुसार करिब ३ सय ९८ प्राध्यापक अध्ययन बिदामा गएकामध्ये १ सय ९१ जना अझैसम्म नफर्किएको बताइएको छ भने २ सय ७ जनाले अध्ययन नै पूरा नगरेको उल्लेख गरिएको छ।

यस अवस्थाका कारण राज्यलाई झण्डै २ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको अनुमान गरिएको छ। अध्ययन बिदा सुविधा लिएर दायित्व पूरा नगर्ने प्रवृत्तिले उच्च शिक्षा प्रणालीमा गम्भीर प्रश्न उठाएको छ।

प्रधानमन्त्रीस्तरबाट चासो देखाइएपछि सम्बन्धित निकायहरूले रकम असुली प्रक्रिया तीव्र बनाएका छन्। हालसम्म २० जनाबाट करिब ६ करोड रुपैयाँ फिर्ता भइसकेको छ भने ५० भन्दा बढी प्राध्यापकसँग रकम असुल गर्ने प्रक्रिया जारी रहेको जनाइएको छ। बाँकीबाट पनि रकम नबुझाए कानुनी कारबाही अघि बढाइने तयारी गरिएको छ।

शिक्षा क्षेत्रका सरोकारवालाहरूले यस्तो प्रवृत्तिलाई गैरजिम्मेवार र अनैतिक भन्दै कडा नियमन आवश्यक भएको बताएका छन्। अध्ययन बिदाको दुरुपयोग रोक्न नीतिगत सुधार र कडाइ आवश्यक रहेको उनीहरूको धारणा छ।

यस विषयमा टिप्पणी गर्दै सञ्चारकर्मी राजिव खत्रीले अध्ययन बिदाको नाममा भएको लापरवाहीले राष्ट्रलाई नोक्सान पुर्‍याएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरू

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

लगइन गर्नुहोस्

यो समाचार सेयर गर्नुहोस्

shaikshik radio