नेपाली क्यानेडियन कम्युनिटी सर्भिसेसले "प्रेभेतिंग क्राईम फ्रद एण्ड स्क्याम" शीर्षकमा वेबिनार आयोजना गर्ने !
अप्रिल २३, २०२६
४६ पटक हेरिएको
नेपाली क्यानेडियन कम्युनिटी सर्भिसेस (NCCS) ले डिजिटल युगमा बढ्दो अपराध, ठगी तथा स्क्यामबाट जोगिन नेपाली समुदायबीच जनचेतना फैलाउने उद्देश्यले “Preventing Crime, Fraud and Scams” शीर्षकमा वेबिनार आयोजना गर्ने भएको छ।
उक्त कार्यक्रममा अनलाइन ठगी, फोनमार्फत हुने धोखाधडी, पहिचान दुरुपयोग (Identity Fraud) लगायत सामुदायिक सुरक्षासम्बन्धी विषयहरूमा विस्तृत जानकारी प्रदान गरिनेछ।
कार्यक्रममा ४२ डिभिजनका क्राइम प्रिभेन्सन अफिसर पॉल रोवे प्रमुख वक्ताका रूपमा सहभागी हुनुहुनेछ भने NCCS का बोर्ड सदस्य खगेन्द्र कंडेलले कार्यक्रम सञ्चालन गर्नुहुनेछ।
🗓 मिति: बिहीबार, मे ७, २०२६
⏰ समय: साँझ ७:०० देखि ८:०० बजेसम्म
📍 माध्यम: Zoom
Zoom ID: 847 2275 7567
Passcode: 817942