शुक्रबार, मई १, २०२६
लगइन | दर्ता गर्नुहोस् | English | नेपाली |
ब्रेकिंग
The first National Youth Human Rights Defenders Conference will be held in Kathmandu!

काठमाडौंमा पहिलो राष्ट्रिय युवा मानव अधिकार रक्षक सम्मेलन आयोजना हुने !

Admin
अप्रिल २३, २०२६
३४ पटक हेरिएको


काठमाडौं । मानव अधिकार, न्याय र युवा नेतृत्वको प्रवर्द्धन गर्ने उद्देश्यले “पहिलो राष्ट्रिय युवा मानव अधिकार रक्षक सम्मेलन” (First National Conclave of Young Human Rights Defenders) आगामी मे १ र २, २०२६ मा काठमाडौंमा आयोजना हुने भएको छ।

सम्मेलनले देशभरका युवा मानव अधिकार रक्षकहरूलाई एउटै मञ्चमा ल्याई समसामयिक मानव अधिकारका मुद्दाहरूमा सार्थक संवाद, अनुभव आदानप्रदान र सहकार्यको वातावरण सिर्जना गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागीहरूले मानव अधिकार संरक्षण, सामाजिक न्याय, र युवाको नेतृत्व विकाससँग सम्बन्धित विषयमा गहन छलफल गर्ने अवसर पाउनेछन्।

विशेषगरी, परिवर्तनका लागि सक्रिय युवाहरूबीच नेटवर्किङ, सहकार्य र नयाँ सोच विकास गर्न सम्मेलन महत्वपूर्ण प्लेटफर्म बन्ने अपेक्षा गरिएको छ।

सम्मेलनमा सहभागी हुन इच्छुक युवाहरूका लागि आवेदन खुला गरिएको छ। आवेदन दिने अन्तिम मिति २०२६ अप्रिल २५ राति ११:५९ बजे सम्म तोकिएको छ।

इच्छुकहरूले यस लिंकमार्फत आवेदन दिन सक्नेछन्:
https://docs.google.com/forms/d/e/1FAIpQLScQa9dgs9JdcZ7-VW3-pbowyhw8UqPsSxHDtOKFZrzmS-OYMA/viewform?usp=publish-editor

थप जानकारीका लागि mail.visim@gmail.com मा इमेल गर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरू

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

लगइन गर्नुहोस्

यो समाचार सेयर गर्नुहोस्

shaikshik radio