“Social Emotional Learning and Media Literacy” विषयक दुईदिने कार्यशाला सुरु
काठमाडौँ । Kathmandu University School of Arts अन्तर्गत भाषा तथा आमसञ्चार विभाग, हात्तीवनमा “Social Emotional Learning and Media Literacy” विषयक दुईदिने कार्यशाला आजदेखि सुरु भएको छ। उक्त कार्यक्रम UNESCO Mahatma Gandhi Institute of Education for Peace and Sustainable Development, South Asian University र Kathmandu University को संयुक्त आयोजनामा सम्पन्न भइरहेको हो।
कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता विभाग प्रमुख प्राध्यापक Nirmala Mani Adhikary ले गर्नुभएको थियो। उहाँले समग्र शिक्षा (Holistic Education) को आवश्यकता औंल्याउँदै विभागका गतिविधिबारे अतिथिहरूसँग अनुभव साट्नुभयो।
यस अवसरमा प्राध्यापक Ambrish Saxena ले शैक्षिक क्षेत्रको भविष्य अन्तर–संस्थागत सहकार्यमा निर्भर रहने धारणा व्यक्त गर्नुभयो। त्यस्तै, डा. Richa Bansal ले मनोवैज्ञानिक सुस्वास्थ्यलाई प्राथमिकतामा राख्न आग्रह गर्दै आत्म–चेतना सामाजिक प्रगतिका लागि अपरिहार्य रहेको बताउनुभयो। प्राध्यापक Susmita Bala ले नेपालको शैक्षिक वातावरणप्रति सकारात्मक धारणा व्यक्त गर्दै यहाँका मानिसहरूको आतिथ्यतालाई प्रशंसा गर्नुभयो।
उद्घाटन सत्रपछि डा. ऋचा बन्सालको नेतृत्वमा Social Emotional Learning सम्बन्धी कार्यशाला सञ्चालन गरिएको थियो, जसमा सहानुभूति, आत्म–स्थिरता, करुणा र माइन्डफुलनेसजस्ता विषयमा अन्तरक्रिया गरिएको थियो। त्यस्तै, Media Literacy अन्तर्गत नक्कली समाचार (Fake News), भ्रामक सूचना (Misinformation) तथा दुष्प्रचार (Disinformation) सम्बन्धी सत्र प्रा. अम्ब्रिश सक्सेनाले सञ्चालन गर्नुभयो।
कार्यशाला भोलिसम्म जारी रहने आयोजकले जनाएको छ। दोस्रो दिनको कार्यक्रम बिहान ८:३० बजेदेखि सुरु हुनेछ।